करोडको रक्सीले नुहाउने महिला !



एजेन्सी : पाकिस्तान मुलकी बेलायती अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियाको शौख सम्बन्धि केही प्रसङ्ग पस्किएका छौं। सुन्दैपनि तपाईंलाई पत्यार नलाग्न सक्छ। उनी नुहाउनका लागि मात्र प्रत्येक दिन २०–३० बोत्तल स्याम्पेन नामको रक्सी बाथटपमा खन्याउँछिन्।

त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ । यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिमा तीन लाख रुपैयाँ खर्च गर्छिन्। यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ।

यतिमात्र होइन, कमालियाले आफ्नो शानसौकत देखाउनकै लागि २०/२२ जना काम गर्ने मान्छे राखेकी छिन्। जसको खर्च दुई करोड भन्दा बढि छ। उनी ६४ लाख रुपैयाँ पर्ने हिरा जडिएको घडी लगाउँछिन्।

उनको विभिन्न स्थानमा १० वटा घर र प्राइभेट जेट छ। वार्षिक ६ लाख चस्मा र ३२ लाख रुपैयाँ जुत्तामा खर्च गर्छिन्। यतिमात्र होइन, एक रात बिताउनको लागि पेरिसको सबैभन्दा ठूलो होटेल सुट इम्पेरियल जान्छिन् र त्यहाँ ३५ लाख खर्च गर्छिन्।

प्रतिक्रिया दिनुहोस्