थप २ जनामा हैजा पुष्टि, संक्रमितको संख्या २३ पुग्यो



काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गए राति कागेश्वरी मनहरा नगरपालिकाका ६ का १२ वर्षीय बालक र काठमाडौं १३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको हो । योसँगै अहिलेसम्म काठमाडौं उपत्यकामा २३ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिएका छन ।

उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरा अस्पताल र काठमाण्डौका ५८ वर्षका पुरुषको टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्