खड्ग लिएर आएका डाँकाहरूलाई लखेटे वृद्धवृद्धाले (भिडियो सहित)



एजेन्सी : भारतको तमिलनाडुस्थित कल्याणीपुरममा मुकुण्डो लगाएका दुईजना डाँकाहरूले खड्ग बोकेर डकैती गर्न आउँदा वृद्धवृद्धाको एक जोडीले उनीहरूलाई लखेटेको छ। वृद्धवृद्धाले घरैमा भएका सामान हिर्काएर डाँकाहरूलाई लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

खड्ग भिरेको एक डाँका ७२ वर्षीय शानमुगावेलको पछाडि सुत्त आइपुग्छ र अनि उनलाई कपडाले घाँटी अँठ्याउन खोज्छ। हल्लाखल्ला भएपछि उनकी पत्नी सेन्थामाराई बाहिर आउँछिन् र भेटे जति सबै कुराले डाँकालाई हिर्काउँछिन्।

आइतवार राति भएको घटनामा सेन्तमाराईले जुत्ता, कुर्सी, फोहर राख्ने भाँडो सबैले डाँकालाई हिर्काएपछि डाँकाले शानमुगावेललाई छोड्छ। शुरूमा त डाँकाहरू वृद्धवृद्धाको तेवर देखेर स्तब्ध हुन्छन् अनि तर्साउनका लागि हतियार उज्याँछन्।

तर शानमुगावेलले एक डाँकाको टाउकोमा कुुर्सी हिर्काएपछि उनीहरू भाग्छन्। शानमुगावेललाई विगत तीन वर्षमा दुईपटक डाँकाहरूले लुटेपछि उनले घरमा १४ वटा सीसीटीभी क्यामरा जडान गरेका थिए।

सेन्तामाराईको सुनको चेन डाँकाहरूलाई प्रतिकार गर्ने क्रममा हराएको र उनको दाहिने हातमा काटिएको प्रहरीले बतायो। भिडियो सार्वजनिक भएपछि वृद्धवृद्धाका साथी र नातेदारले अभिनन्दन गरेका थिए। कडायम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्