एमाले नेताहरु चढेको कार दुर्घटनामा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु चढेको कार दुर्घटनामा परेको छ । पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पासहित एमाले नेताहरू चढेको कार शुक्रवार दिउँसो सिन्धुलीको भिमानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा शेर्पासहित एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पेम्बा गुरुङ, देवराज राईलगायत नेताहरू घाइते भएका छन् । उनीहरूको प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

घाइतेहरूको अवस्था खतरामुक्त रहेको एमालेनिकट प्रेस चौतारीका अध्यक्ष महासचिव राजेश राईले जानकारी दिएका छन् । उनीहरू एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको विस्तारित बैठकमा जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्