अब वर्षौं पुराना भ्रष्टाचारका फाइल खोलिन्छन : रवि लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले वर्षौं पुराना भ्रष्टाचारका फाइल खोलिने बताएका छन् । भरतपुरमा शनिबार पत्रकारसम्मेलनको आयोजना गरी लामिछानेले शंकास्पद नेता, कर्मचारी, व्यापारीहरुको अनुसन्धान गरिने बताए ।

‘भ्रष्टाचार सहिन्नः कसैलाई छोडिन्न,’ उनल भने, ‘भ्रष्ट्रचारीका सम्पूर्ण सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिन्छ।’ लामिछानेले फास्ट ट्रयाक कोर्टमार्फत् वर्षौंदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो हुने गर्ने समेत जिकिर गरे ।

विधिको शासनमार्फत् नेपालको संविधानले परिकल्पना गरे अनुसारको समाज स्थापना गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले धर्म, संस्कृति र सम्पदाको जगेर्ना, सीमा सुरक्षा, जनताको स्वास्थ्य, शिक्षा, अपराध अनुसन्धानमा तीब्रता दिने बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी भाृतसंगठन रहित हुने जानकारी दिए । पार्टीको सदस्यमा नै सार्वभौमिकता निहित हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्