यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) को विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ १६ पैसा र बिक्रीमा ९० रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा रहेको छ भने जापानी येन १० को बिक्रीमा ९ रुपैयाँ ३६ पैसा रहेको छ। 

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमा ३३ रुपैयाँ र बिक्रीमा ३३ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६१ पैसा, मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा र कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ २५ पैसा र बिक्रीमा ४१३ रुपैयाँ २० पैसा तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्