मधेस प्रदेशको बजेट सर्वसम्मत पारित



जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाबाट आर्थिक वर्ष २०७९/०८०को बजेट सर्वसम्मत पारित भएको छ ।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र साहले सदनमा पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैर कर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएसंगै बजेट पारित भएको हो ।

यसअघि शनिबार नै प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । बजेटमाथीको छलफलको क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ अर्थमन्त्री साहले सदनमा दिएपछि बजेट पास गरिएको हो ।

गत असार १ गते मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सदनमा प्रस्तुत गरेका थिए । बजेट पारित भएसंगै मधेश प्रदेशको प्रदेशसभा स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्