अक्टोपससँग फोटो खिचाइन् महिलाले, भयो यस्तो हालत (भिडियो)



एजेन्सी : अमेरिकाको वाशिङटनमा एक महिलाले अक्टोपससँग फोटो खिचाउने क्रममा दुर्घटनाको सामना गर्नुपरेको छ। एउटा प्रतियोगितामा भाग लिनका लागि जेमी बिसेग्लियाले अक्टोपससँग फोटो खिचाएकी थिइन्।

उनले टाकोमा नैरोज ब्रिजनजिक फिशिङ डर्बीमा भाग लिएकी थिइन्। त्यहाँ केही मानिसले अक्टोपस समातेका थिए। जेमीले अक्टोपसलाई डिनर बनाउनका लागि मागिन्। अनि जेमीले अक्टोपससँग तस्वीर खिचाउन लगाइन्।

उक्त तस्वीरलाई उनले डर्बीमा हुने फोटोग्राफी प्रतियोगितामा पठाउन चाहेकी थिइन्। जेमीले भनिन्, ‘अक्टोपस निकै मुलायम थियो। उसले गाह्रो पार्ला भन्ने लागेको थिएन। त्यसैले फोटो खिचाउनका लागि मैले त्यसलाई अनुहारमा राखें।’

उनले थपिन्, ‘अक्टोपस त मेरो अनुहारमा खेल्न थाल्यो। अचानक उसले मेरो चिउँडोमा टोकिदियो। उसले टोक्दा अनुहारमा कुनै तीखो कुराले घोचेको जस्तो अनुभव भयो। मलाई बेस्सरी पीडा भयो अनि अनुहारबाट रगत पनि निस्कन थाल्यो।’

जेमी घटनाको दुई दिनसम्म पनि अस्पताल गइनन्। घटनाको भोलिपल्ट उनले डर्बी फिशिङ पूरा गर्नुपर्ने थियो। दुई दिनपछि उनको अनुहार र गला सुन्नियो। उनलाई खाना खान नै गाह्रो परेको थियो।

उनलाई अनुहारको देब्रे भाग पक्षघात भएको जस्तो लाग्यो। औषधि खाएपछि भने उनलाई सन्चो भएको छ। घटनाबाट ठूलो पाठ पढेको जेमी बताउँछिन्। नचिनेको जनावरलाई नछोएकै राम्रो हुने जेमीको कथन छ।

प्रतिक्रिया दिनुहोस्