एक व्यक्तिको गलाबाट आइरह्यो रगत, चिकित्सकहरूले हेर्दा भित्रको कुरा देखेर छक्क परे



एजेन्सी : बेलायतमा बस्ने ७२ वर्षीय ज्याकको गलामा नक्कली दाँत अड्किएपछि गलाबाट लगातार रगत बगेको छ। ज्याकको सर्जरी गर्नुपर्ने थियो तर उनले चिकित्सकहरूलाई नक्कली दाँत लगाउने गरेको कुरा बताएनन्।

सर्जरी हुँदै गर्दा गलामा नक्कली दाँत अड्कियो। ६ दिनपछि ज्याक चिकित्सकहरूकहाँ पुगे। केही पनि निल्न नसकेको अनि गलामा लगातार समस्या परिरहेको र रगत आइरहेको उनले बताए। चिकित्सकहरूले गला हेर्दा छक्क परे। 

गलामा नक्कली दाँत अड्किएको रहेछ। चिकित्सकहरूले सर्जरी गरेर नक्कली दाँत निकाले र ६ दिनपछि डिस्चार्ज गरे। अपरेसन गर्ने बेलामा आफूले नक्कली दाँत हालेको नहालेको चिकित्सकलाई बताइदिनुपर्ने शिक्षा यसबाट प्राप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्