बाँदरले महिलाको शल खोस्यो अनि त्यही शल ओढेर नक्कल उतार्‍यो (भिडियो)



एजेन्सी : भारतको दार्जीलिङमा एक बाँदरले स्टेसनरी पसलमा बसिरहेकी महिलाको शल खोसेर आफैं त्यो शल टाउको र काँधमा राखेको छ। घटनाको भिडियोमा बाँदर एक महिलासँगै पसलभित्र बसेको देखिन्छ। 

उसले शल तान्छ अनि महिलाले शल समातिरहन कोशिश गर्छिन्। बाँदरले शल खोसेको दृश्य देखेर मानिस हाँस्छन्। बाँदरबाट टाढा जान खोज्दै सीटबाट उठेपछि महिलाले उसलाई शल दिन खोज्छिन्। 

बाँदरले शल लिएर महिलाले जस्तै आफूमा बेरेको देख्दा मानिस हाँस्छन्। उसले महिलाको नक्कल उतार्ने क्रममा गोडा पनि बाँध्छ र गफ समेत गरेको जस्तो गर्छ।

उनी बाँदरबाट टाढा जान खोज्दा बाँदर पनि सँगै जान्छ र उनी बसेकै ठाउँमा गएर बस्छ। पसले महिला बनेको बाँदरको तस्वीर र भिडियो अन्य पसले र ग्राहकले खिचेका हुन्। 

प्रतिक्रिया दिनुहोस्