चीनका सडकमा दौडियो अस्ट्रिच (भिडियो)



एजेन्सी : चीनको एक शहरमा अनियन्त्रित अस्ट्रिच सडकमा दौडिँदा पैदलयात्री र चालकहरू तनावमा परेका छन्। चीनको युन्नान प्रान्तको एक शहरमा १२ दिनअघि अस्ट्रिच सडकहुँदो दौडिएको थियो। 

आफ्नो मालिकको घरमा पाहुनाहरूले तर्साएपछि भागेको अस्ट्रिच व्यस्त सडकमा जथाभावी दौडिएको थियो। अधिकारीहरूलाई अस्ट्रिच फेला पारेर नियन्त्रणमा लिन र मालिकलाई फर्काउन आधी घन्टाभन्दा बढी समय लागेको थियो। दुई मिटर अग्लो अस्ट्रिच तीव्र गतिमा दौडिँदा पैदलयात्रीहरू तर्सेका थिए।

प्रतिक्रिया दिनुहोस्