श्याम्पूको बोतलमा सुँगुरको वीर्य राखेर विदेश पठाएकोमा दुई अस्ट्रेलियालीलाई कारावास सजाय



एजेन्सी : अस्ट्रेलियाको पर्थमा दुई सुँगुर गोठालालाई श्याम्पूको बोतलमा डेनिस सुँगुरको वीर्य राखेर विदेश पठाएको आरोपमा कारावास सजाय दिइएको छ। टोर्बेन सोएरेनसेनलाई तीन वर्षको कारावास सजाय दिइएको छ भने हेन्निङ लाउएलाई दुई वर्षको सजाय दिइएको छ।

उनीहरूले क्वारेन्टाइन र जैविक सुरक्षा कानून उल्लंघन गरेको आरोप लागेको थियो। पर्थ जिल्ला अदालतले सुँगुरको वीर्य अवैध रूपमा सन् २००९ देखि २०१७ सम्म अनेकौंपटक पठाइएको बताइएको थियो।

उक्त वीर्य सुँगुरको कृत्रिम प्रजननका लागि उपयोग गरिएको र त्यसबाट अनेकौं पाठा जन्मिएको बताइएको छ। संघीय कृषि मन्त्री ब्रिजेट मककेन्जीले जैविक सुरक्षा कानून सह्य नहुने बताए। 

प्रतिक्रिया दिनुहोस्