यस्तो गाउँ, जहाँ मान्छेदेखि जनावरसम्म सबै दृष्टिविहीन छन्



एजेन्सी : संसारमा केही यस्ता रहस्यमय ठाउँहरु छन् जसको अद्भुत पहेली पर्गेल्न कसैले सकेको छैन। मेक्सिकोमा एउटा यस्तै रहस्यमय गाउँ छ। यो गाउँलाई दृष्टिवीहिनको गाउँ भनिन्छ। नभनियोस् पनि किन ? गाउँका मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा देख्दैनन्। यसको पछाडि एउटा गहिरो रहस्य लुकेको छ।

गाउँको खास नाम टिल्टेपक हो। जोपोटेक आदिवासीका मानिसहरु यो गाउँमा बस्दछन्। गाउँमा जन्मको समयमा बालबालिकाहरु सामान्य नै हुन्छन् र आँखाले देख्दछन्। तर, केही दिनपछि नै आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन्।

गाउँलेहरु आफूहरु सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन्। लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुन्छन्। तर, वैज्ञानिकहरुले भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको बताउँछन्।

मानिस र जनावरहरुको अन्धोपनाको मुख्य कारण एउटा विषालु झिंगा रहेको वैज्ञानिकहरुको भनाइ छ। उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउँदछ। उक्त गाउँमा करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको छ। गाउँको अर्को विशेषता के भने गाउँका घरहरुमा ढोका हुँदैनन्।

प्रतिक्रिया दिनुहोस्