images

किन १०ः१० बजाइन्छ घडीको विज्ञापनमा ?

एजेन्सी | प्रकाशित: २०७६-४-२९ गते
किन १०ः१० बजाइन्छ घडीको विज्ञापनमा ?

एजेन्सी : पत्रपत्रिका तथा अन्य ठाउँमा तपाइँले घडीका विज्ञापन त अनेक देख्नुभएकै छ होला। प्रायः त्यस्ता विज्ञापनमा देखाइने घडीमा घण्टा र मिनेट सुई १० बजेर १० मिनेट गएको गरी मिलाइएको हुन्छ। आखिर विज्ञापनको घडीमा किन १० बजेर १० मिनेट गएको देखाइन्छ त ?

यसो गर्नुका केही कारण रहेछन् । त्यसमध्ये प्रमुख ५ कारण यस्ता छन्ः 

  • १० बजेर १० मिनेटमा घडीका सुईहरु एक सन्तुलित स्थानमा हुन्छन्। मनोवैज्ञानिकहरुका अनुसार मानिसहरु सन्तुलित चिजहरु नै हेर्न मन पराउँदछन्। त्यसैले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन यस्तो गरिएको हुनसक्छ।
  • १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थिति हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ। स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको होला।
  • घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँदछ। भी भनेको विजय तथा जितको संकेत हो।
  • १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको जुन अवस्था हुन्छ त्यसले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन। त्यसैले पनि विज्ञापनमा कडीमा १०ः१० बजाइएको हुनसक्छ।
  • कतिपय मानिसका अनुसार सबैभन्दा पहिले घडीको आविष्कार हुने बेलामा १० बजेर १० मिनेटको समय हुनसक्छ। त्यसैले उक्त समयलाई घडीको विज्ञापन चित्रमा पनि प्रयोग गरिएको हुनसक्छ।

images
images
images
सम्बन्धित समाचार

बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो सहित)

बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो सहित)

एजेन्सी : अल्झेर लड्ने वा सन्तुलन गुमाउने मानिसका लागि जापानी अनुसन्धाताहरूले रोबोटिक पुच्छर विकसित गरेका..

सानो पोखरीमा पौडी खेल्न गएका व्यक्तिलाई अत्याए माछाले (भिडियो सहित)

सानो पोखरीमा पौडी खेल्न गएका व्यक्तिलाई अत्याए माछाले (भिडियो सहित)

एजेन्सी : मैलो देखिने एउटा सानो पोखरीमा पौडी खेल्न गएका एक व्यक्तिलाई माछाहरूले अत्याएका छन्। पानीमा..

चीनको अर्को चमत्कार : बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

चीनको अर्को चमत्कार : बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

एजेन्सी : चीनको दक्षिणमा रहेको गुआङदोङ प्रान्तमा रहेको चिङयुआन शहरमा कृत्रिम झरना बनाइएको छ।  हुआङतेङशिया..

आफूलाई मोटी भनेपछि कैंचीले हानेर मारिन् प्रेमीलाई (भिडियो सहित)

आफूलाई मोटी भनेपछि कैंचीले हानेर मारिन् प्रेमीलाई (भिडियो सहित)

एजेन्सी : चीनमा एक युवतीका प्रेमीले उनलाई मोटी भनेपछि उनले प्रेमीलाई कैंचीले घोचेर मारेकी छन्। प्रेम..

विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो सहित)

विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो सहित)

एजेन्सी : चीनमा एक बालिकाले विद्युतीय भर्‍याङको ह्यान्डरेल नछोड्दा भर्‍याङमा हात अड्किएको छ।&nbsp..

सिंहले मारेको राँगो खान आइपुगे हुँडार, भगाए सिंहलाई (भिडियो सहित)

सिंहले मारेको राँगो खान आइपुगे हुँडार, भगाए सिंहलाई (भिडियो सहित)

एजेन्सी : केन्यामा रहेको नोबोइशो आरक्षमा एउटा सिंहले राँगो मारेर खाँदै गर्दा हुँडारहरूको एउटा टोली आएर उस..