दोनबासका प्रमुख सहरमा रुसी हमला तीव्र



एजेन्सी । रूसी सेनाले दोनबासका प्रमुख शहरहरूमा आफ्नो लडाई तीव्र पारेको जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुनः निशाना बनाउन थालेको युक्रेनले जनाएको हो ।

पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

रूसी सेनाले दोस्रो सहर खार्किभको सपिङ सेन्टर र नागरिक आवासलाई लक्षित गरी आक्रमण गरेको क्षेत्रीय प्रमुख ओलेग सिन्येगुबोभले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्