शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने



एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो ।

अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए ।

जापानको नारा भन्ने शहरमा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेलाई ४१ वर्षीय जापानी नागरिक तेत्सुया यामागामी नामका व्यक्तिले पछाडिबाट गोली हानेका थिए ।

गोली लागेर भुईंमा लडेका आबेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्