मोदीले प्रबुद्ध समुह (ईपीजी)लाई समय नै दिएनन्



काठमाडौं : नेपाल भारत प्रबुद्ध व्यक्ति समुह इपीजीले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएको चार महिनासम्म प्रतिवेदन अलपत्र परेको हो । 

भारतर्फको समय मिलाउने जिम्मेवारी भारतीय पक्षको इपीजी टोलीको थियो । उनीहरुले प्रधानमन्त्री मोदीको समय नै पाउन नसकेको बताउने गरेका छन् । 

भारतीष् पक्षका संयोजक भगतसिंह कोशियारी केही समययता नेपाली पक्षको सम्पर्कमै आउन छाडेका छन् । 

संयोजकसमेत सम्पर्कमा नआएपछि कुटनीतिक पहलमार्फत बुझाउने तयारी नेपाली पक्षले गरेको छ । आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्