टी-२० ले पायो आईसीसीको मान्यता



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले नेपाल क्रिकेट संघ(क्यान)ले आयोजना गरेको टी-२० लाई मान्यता दिएको छ । क्यानले गर्न लागेको पहिलो आयोजना नेपाल टी-२० लाई आइसीसीले मान्यता दिएको क्यानले जनाएको छ ।

यसअघि क्यानले नेपाल टी-२० आयोजना हुने थालेपछि नेपालमा आयोजना हुने अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिइने बताइसकेको छ।

नेपाल टी-२० को पहिलो संस्करण आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिखसम्म काठमाडौँमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्