मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुनेगरी ल्याउनुपर्छ : गगन थापा



काठमाडौं । प्रतिनिधि सभाका सांसद गगन थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुनेगरी ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा शून्य समयमा बोल्दै सांसद थापाले चुलिदों व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकाशिँदो मूल्य वृद्धिलाई सामना गर्नेगरी मौद्रिक निति ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘केहि घरानामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने गरी मौद्रीक नीति ल्याउनुपर्छ। सेयर बजारमा सुधार गर्ने भनेर ४-१२ को नीति ल्याइयो। यसले ठुलालाई पोस्ने सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेपनि अपेक्षा गरेअनुसार परिणाम आएन। त्यसैले अब यसलाई सच्याइनुपर्छ। सच्याइएन भने साना लगानीकर्ताहरु सडकमा आउँछन्।’

प्रतिक्रिया दिनुहोस्