व्यायाम गर्दा किन निस्किन्छ यी युवतीको शरीरबाट रगत ?



एजेन्सी : व्यायाम गर्दा शरीरबाट पसिना निस्किनु स्वभाविकै हो। तर यो दुनियाँमा एकजना यस्ती युवती छिन् जसको शरीरबाट व्यायाम गर्दा पसिनाको साटो रगत निस्किन्छ। यो पत्याउनै नसक्ने घटना इटालीको हो।

त्यहाँकी एक २१ वर्षीया युवती अनौठो समस्याबाट ग्रसित छिन्, जसको कारण पत्ता लगाउन डाक्टरहरु पनि असमर्थ छन्। व्यायाम तथा कुनै शारीरिक मिहिनेत गर्दा उनको जिउबाट रगत निस्किन्छ । उनको टाउकोदेखि हत्केलासम्मका भागबाट रगत निस्कने गरेको छ।

ती युवतीको समस्यालाई ब्लड स्वेटिङ अर्थात् रक्त पसिना भनिन्छ। उक्त रोग भएका मानिसको शरीरबाट पसिनाको साटो रगत निस्किन्छ। ती युवतीको अहिले उपचार चलिरहेको बताइएको छ । उनको रक्तचाप नियन्त्रण गरी रगतको पसिना रोक्ने प्रयास डाक्टरहरुले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्