अग्नि तथा एसिड पीडितका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण



काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले अग्नि तथा एसिड पीडितका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

समितिले गौशालामा शनिबार सात जना एसिड पिडितका छोराछोरी तथा एकजना एसिड पिडितलाई शैक्षिकस सामाग्री वितरण गरेको हो ।

आर्थिक अभावका कारण शैक्षिक सामाग्री किन्न गाह्रो भइरहेका आमाबुबाका छोराछोरीलाई छ महिना पुग्ने सामाग्री वितरण गरिएको समितिले जानकारी दिएको छ ।

शिक्षाको ज्योतीबाट कोहि पनि बालबालिका बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ समितिले ‘मिसन एजुकेशन’ अभियान पनि सञ्चालन गदै आएको छ । जसमा शहरी क्षेत्रका विभिन्न विद्यालयहरुबाट शैक्षिक सामाग्री संकलन गरी देशका दुर्गम स्थानमा लगेर वितरण गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्