सभापतिले भूमिका निभाउन नसक्दा हामीमाथि दोष आउन थाल्यो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले समयमै आफ्नो भूमिका निभाउन नसक्दा आफूहरूमाथि दोष आउन थालेको बताएका छन् ।

शनिबार केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले सभापतिले काम नगर्दाको दोष आफूहरूमाथि आउन थालेको बताए ।

‘महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ । तर, महाधिवेशनपछि हामीले उहाँलाई असहयोग गर्ने कुरा होइन, सहयो गर्न खोजेकै थियौँ,’ महामन्त्री थापाले भने, ‘तर हामीले सल्लाह र परामर्श दिँदा दिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न सक्नुभएन, त्यसको दोष हामीहरूमाथि आउन थालेको छ ।’

महामन्त्री थापाले सभापति बलियो भएमात्रै पार्टी बलियो हुने भन्दै आफूले पनि सभापतिलाई बलियो बनाउन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्