दिल्लीमा आरजुसँगको भेटबारे प्रचण्डको सचिवालयले दियो प्रष्टिकरण



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष्मा प्रचण्ड र प्रधानमन्त्रीपत्नी आरजु राणाबीच दिल्लीमा भएको भेटवार्ता विवादमा तानिएपछि प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ ।

प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा भेटवार्तालाई लिएर अराजनीतिक र अनर्गल टिप्पणी भएको उल्लेख गरिएको छ । ‘हाम्रो देश र जनताको हित बाहेक अरु कुनै स्वार्थ छैन ।

राष्ट्रिय स्वार्थप्रति प्रतिवद्ध रहि छिमेकीसँग टेबुलमा बसेको एक राष्ट्रनायकप्रतिका टिप्पणीहरु नै राष्ट्रहितका विपरीत हुन्छन् भन्ने चेतना सम्बन्धित पक्षलाई हुन जरुरी छ’, सचिवालयले भनेको छ ।

प्रचण्डको सचिवालयले शनिबार बिहान भारतका लागि नेपाली राजदूतावासमा राजदूत शंकर प्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहेकी राणासँग प्रचण्डको ब्रेकफास्टकै क्रममा सामुहिक भेट भएको जनाएको छ ।

भेटको क्रममा प्रचण्डले उनको स्वास्थ्यलाभको कामना गरेको र सो भेटघाटको क्रममा दूतावासका कर्मचारी सहित नेपाली समुदायका प्रतिनिधिसमेत सहभागी रहेको स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्