करेन्ट लागेर दुई जनाको मृत्यु



काठमाडौं । तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ।

ग्रामिण विद्युतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी अशक्त भएका थिए। उनको वीपी कोईराला स्वास प्रस्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मकवानपुरको पर्सा जगनाथपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय नन्दु राम हजाराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ।

गढी गाउँपालिका–३ बस्ने राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्