कस्तो छ आजको मौसम ?



काठमाडौं : देशका पश्चिमी पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपासमा रहेको छ। 

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

शनिबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ। पूर्वी तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। देशको  पूर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्