६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ



बर्दिया । बर्दियामा एक जना ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका-६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडी लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्