कुकुर निलेर ओकल्यो अजिंगरले (भिडियो सहित)



एजेन्सी : भारतको राजस्थानमा १३ फीट लामो अजिंगरले एउटा भुस्याहा कुकुरलाई पूरै निलेर ओकलेको छ। यो खतरनाक दृश्यको भिडियो एक वन्यजन्तुप्रेमीले खिचेका हुन्। घाँसमा घस्रिँदै गरेको अजिंगर रोकिन्छ अनि कुकुरलाई ओकल्न थाल्छ। कुकुरलाई अजिंगरले टाउकोतिरबाट निलेको थियो। 

१४ सेकेन्डभित्र कुकुरको शरीर बाहिर निस्कन्छ। आफ्नो मोबाइल फोनमा भिडियो खिच्ने व्यक्तिले भने, ‘बुधवार बिहान हामीहरू पशु उद्धार कारवाहीमा व्यस्त थियौं। बाटोमा हामीले एउटा अजिंगरलाई मानिसहरूले सताइरहेको देख्यौं।

हामीहरू अजिंगर नजिक पुग्दा उसले निलेको भुस्याहा कुकुर ओकल्दैथियो। अजिंगरलाई कुनै कुरा निल्न आधा घन्टा लाग्छ र उनीहरू आफ्नो मुखभन्दा ठूलो प्राणीलाई पनि निलिदिन सक्छन्।’

‘अजिंगरलाई निलेको कुरा ओकल्न निकै शक्ति खर्च गर्नुपर्छ। उनीहरूले नजिकै शिकारी देखे भने ऊर्जा बचाउन आफूले निलेको शिकार ओकल्छन् अनि भाग्छन्।’ हालैका दिनमा भारतका गाउँमा अजिंगरहरूले बोका र कुकुर निल्ने घटना बढेको छ।

प्रतिक्रिया दिनुहोस्