प्रचण्डको सचिवालयले भन्यो : भारत भ्रमण फलदायी र उपलब्धीमुलक



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी र उपलब्धीमुलक भएको बताएको छ ।

आइतबार उनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै भ्रमणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको उल्लेख गरेको हो ।

भ्रमणले पार्टी टु पार्टी र २ देशको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भुमिका खेलेको प्रचण्डका प्रमुख स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन ।

‘भाजपा अध्यक्ष जेपि नड्डा ज्युको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सदभावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ। पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण पार्टी टु पार्टी सम्बन्ध विकासका लागि महत्त्वपूर्ण रहेको छ भने दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ।’ विज्ञप्तिमा भनिएको छ ।

भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले इतिहासमा थाती रहेका नेपाल–भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठान गरेको र भारतीय पक्षले पनि त्यसलाई सकारात्मक रुपमा लिएको मल्ले बताए ।

प्रचण्डले ३ दिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्