अमेरिकामा विमान दुर्घटना हुँदा लाग्यो आगो (भिडियो सहित)



एजेन्सी : कार रेसर डेल अर्नहार्ट र उनको परिवार चढेको एक निजी विमान अमेरिकाको टेनेसीमा बिहीवार दुर्घटनाग्रस्त हुँदा आगो लागेको अधिकारीहरूले बताएका छन्। विमानमा अर्नहार्टकी पत्नी एमी र एक वर्षीया छोरी इस्ला र परिवारको कुकुर गस थिए। 

विमान अर्नहार्टको जेआर मोटरस्पोर्ट्स कम्पनीको नाममा छ। बिहीवार अपराह्न ३ः४० मा विमान एलिजाबेथटन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा सबैजना सकुशल रहेको एलिजाबेथटन अग्निनियन्त्रक प्रमुख ब्यारी क्यारीयरले बताए।

विमानमा रहेका दुईजना पाइलट समेत सकुशल रहेको र अर्नहार्ट परिवारलाई अस्पतालबाट छुट्टी दिइएको छ। अर्नहार्ट टेनेसीबाट ब्रिस्टोलतिर उडिरहेका थिए। ब्रिस्टोलमा उनले शनिवार राति हुने कारदौड प्रतियोगिताको घोषणा गर्ने कार्यक्रम थियो। 

अर्नहार्टले दुईपटक डेटोना ५०० कार दौड प्रतियोगिता जितेका छन्। उनले सन् २०१७ मा संन्यास लिएका थिए। संन्यासपछि उनी एनबीसी टेलिभिजनका लागि खेलकुद विश्लेषकका रूपमा काम गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्