१ जना नयाँ संक्रमीत थपिएसँगै हैजाका बिरामीको संख्या ३१ पुग्यो



काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या ३१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको हो । नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको महाशाखाले जानकारी दिएको छ ।

हैजा देखिएकामध्ये दुई जना १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन् । त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका १० जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।

हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ भने अन्य बिरामी निको भएर घर फर्किसकेको महाशाखाले जनाएको छ । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि पछिल्लो समय काठमाडौं उपत्यकाका साथै आसपासका जिल्लाहरुमा हैजाको संक्रमण बढ्दै गएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्