भारतीय प्रधानमन्त्री मोदी भुटान भ्रमणमा



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार दुई दिने भ्रमणका लागि भुटान पुगेका छन्। पारो अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले स्वागत गरेका छन्।

टान पुगेपछि नरेन्द्र मोदीले विमानस्थलमा गरिएको स्वागतको प्रशंसा गर्दै ट्वीट गरेका छन्। पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण भूटानबाट सुरु गरेका मोदीले दोस्रो कार्यकालमा पनि भूटानको भ्रमण गरेका हुन्।

मोदीको भ्रमणले भुटान र भारतको सम्बन्ध थप बलियो हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्