गृहमन्त्रीले गरे भृकुटीमण्डपस्थित आगलागी भएको गोदामको अवलोकन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम र समाज कल्याण परिषद्को आगलागी भएको गोदाम घरको अवलोकन गरेका छन ।

आइतबार गृहमन्त्री खाणले समाज कल्याण परिषद्को आगलागी भएको गोदामको अवलोकन गरेका हुन् । आगलागी भएको गोदामको अवलोकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री खाणले परिषद्लाई चाँडै सरकारले सामग्रीहरु हस्तान्तरण गर्ने बताए।

उनले कसरी आगो लाग्यो भन्ने बारेमा वास्तविकता पत्ता लगाइ राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको माध्यमबाट परिषद्लाई जलेका सामग्रीहरु दिने बताएका छन । गृहमन्त्री खाणले राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट नै परिषद्को सामग्री व्यवस्थापन गरेर जलेर नष्ट भएका सामग्रीहरु परिषद्लाई चाँडै हस्तान्तरण गर्ने कार्ययोजना रहेको बताएका छन।

गत बिहीबार समाज कल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम घरमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्