प्रहरी समायोजनमा दबाब दिन प्रदेश गृहमन्त्रीको टोली काठमाडौंमा



काठमाडौं । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमाडौं आएका छन् ।

आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् । अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने उनीहरुको तयारी छ ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेश प्रदेशका गृहमन्त्री भरत प्रसाद साहले जानकारी दिएका छन् । २३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरुको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्