एकैदिन ४५७ जनामा संक्रमण पुष्टि, १ को मृत्यु



काठमाडौं । देशभर ४५७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार ४ हजार ६५१ वटा नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । ९८ हजार ९०० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा २१८ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १६३, भक्तपुरमा १० र ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ११३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्