आजको राशिफल



आज–०१ भदै २०७६ आइतबार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

वृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । बजारपनि घुम्न पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डों) अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । रोजगारको अवसरपनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

वृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । झुटा आरोप आइलाग्न सक्नेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । ज्यो.प.नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्