कस्तो होला आगामी तीन दिनको मौसम ?



काठमाडौं : देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमि पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार बिहान ६ बजे दैनिक बुलेटिन जारी गर्दै महाशाखाले देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

आगामी तीन दिनको मौसम

भदै १ गते (आइतबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा पूर्वी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

राति : देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

भदै २ गते (सोमबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी तथा मध्य भूभागको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

भदै ३ गते (मंगलबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी तथा मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

राति : देशका अधिकांस  स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुनेछ। देशको देशको पुर्वी भूभागको थोरै स्थानहरूमा र मध्यका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्