वरीयता नफेर्न माधव नेपालको चेतावनी



काठमाडौं : अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर त्यसो गरिए सचिवालय बैठकमा ‘काउन्टर’ एजेन्डा ल्याउने चेतावनीसमेत दिए । 

कोटेश्वरस्थित आफ्नै निवासमा शनिबार प्रचण्डसँगको भेटमा नेपालले वरीयता तलमाथि गर्न खोजिए ‘एक व्यक्ति : एक जिम्मेवारी’को नीति अघि सार्ने बताएका छन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ । 

शुक्रबारको बैठकमा वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरिएलगत्तै आफूमाथि अन्याय भएकाले खनालले वरीयताक्रम पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए । टुंगिसकेको मुद्दा उठाएर हेरफेरको कोसिस गरिए विधानमा व्यवस्था गरिएको एक व्यक्ति : एक जिम्मेवारी अध्यक्षबाटै लागू हुनुपर्ने माग राख्ने नेपालको तयारी छ । 

कोटेश्वरस्थित आफ्नै निवासमा शनिबार प्रचण्डसँगको भेटमा नेपालले वरीयता तलमाथि गर्न खोजिए ‘एक व्यक्ति : एक जिम्मेवारी’को नीति अघि सार्ने बताएका छन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ ।

ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने गत पुसमा वामदेव गौतमले पूरक प्रस्ताव अघि सारेका थिए । एमाले धार कोअर्डिनेसन केन्द्र र नेकपा माले गठन हुँदादेखि नै खनालभन्दा आफू माथिल्लो कमिटीमा रहेर काम गरेको, माले–मार्क्सवादी एकतापछि आफ्नै प्रस्तावमा खनाल स्थायी समितिमा मनोनीत भएकाले उनीभन्दा वरिष्ठतामा अगाडि रहेको नेपालको दाबी छ । खनालले भने आफू निवर्तमान अध्यक्षको हैसियतमा नेपालभन्दा माथिल्लो वरीयतामा हुनु स्वाभाविक भएकाले पार्टी एकतापछि अन्याय भएको बताउँदै आएका छन् । 

प्रचण्ड र नेपालले शुक्रबारको निर्णय र एकता र कार्यविभाजनसम्बन्धी बाँकी एजेन्डामा केन्द्रित रहेर छलफल गरेको नेपाललाई उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले बताए । महासचिव विष्णु पौडेलले भने वरीयतासम्बन्धी विषयले एजेन्डाका रूपमा बैठकमा प्रवेशै नपाएको बताए । ‘जेएन कमरेडले बैठकमा वरीयता हेरफेरको कुरा उठाउनुभएको हो,’ महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्यस विषयमा कुनै छलफल भएको छैन ।’ नयाँपत्रिका दैनिकबाट साभार 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने