बाबुरामलाई प्रधानमन्त्रीको जवाफ : मलाई पाँच वर्षपछि बस्न मन छैन



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै सपना नदेख्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सरकार ठुलठुला चुनौतीको सामना गरेर आएको सरकार भएकाले कमजोर नसोच्न चेतावनी दिए । उनले सरकारको आलोचनाका नाममा प्रणाली उल्याउछु भन्ने , संविधान स्वीकार नगर्ने भन्नु सरकारलाई स्वीकार्य नहुने बताए । उनले आजको बैठकमा समानवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई समेत जवाफ फर्काएका छन् ।

शनिवार गोरखा सदमुकाम पुगेर प्रधानमन्त्री केपी शर्मा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएकोप्रति आपत्ति जनाएका थिए  । उनले दुई तिहाइको सरकार भने पनि प्रधानमन्त्री कुर्ची ढल्ने डरमा  रहेको आरोप लगाए।

‘दुई तिहाइको सरकार त भनिएको छ, तर हाम्रा प्रधानमन्त्रीलाई कुर्ची जोगाउनै धौ धौ छ’, उनले भने, ‘आफ्नै पार्टीभित्रका आफ्नै साथीहरूसँग यति आशङ्का छ कि, कति बेला कुर्ची जाने हो, थाहा छैन। कति बेला कुर्सी जाने हो भनेर उहाँ थरथर कामिरहनु भएको छ।’उनले भनेका थिए ।

आज प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्दै भने ‘हुन त मैले एकजनाले भनेको सुने  प्रधानमन्त्री लगलगलग कामिरहेका छन् पद जाने भो भनेर , पद नगएको दुनियाँमा मैले कोही देख्या छैन अहिलेसम्म , पद नगएको मान्छे कोही देख्या छैन । राजा महाराजा सम्राट् बादशाह जननिर्वाचित प्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ आगामी निर्वाचनपछि मलाइ पनि बस्न मन छैन त्यसकारण  निर्वाचनसम्म धैर्य गर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु । एउटा केही प्रतिगामी तत्त्वहरू सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारी बाट अहिलेको सरकार भाग्छ भन्ने कुरो अहिलेको सरकार लगलगलग काम्छ भन्ने कुरा यस्तो  दिवा सपना नदेखे हुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्