प्रतिगामी तत्त्व सडकमा आउँदैमा सरकार भाग्दैन : प्रधानमन्त्री ओली



काठमाडाै‌: प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परेको बेला व्यवस्थाको विरोध गर्नेहरूका विरुद्ध सरकार अगाडी आउने बताएका छन् ।   प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मौनतालाई कमजोरी ठानेर केही प्रतिगामी तत्त्व सडकमा आउँदैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भन्ने कुराहरूलाई चेतावनी दिँदै संस्था जिउँदै हुँदा आफूहरू लडेर ठेगान लगाएको बताउँदै अहिले बेमौसमको बाजा नबजाउन समेत आग्रह गरे । सरकारले अहिले उदारता देखाएको नपत्याएर हो भन्दै प्रधानमन्त्रीले सरकारले पत्याएको दिन लोकतन्त्र गणतन्त्रको रक्षा सरकारले गर्ने बताए । सम्बोधनको सुरुमै प्रधानमन्त्री ओलीले यस अघि आफूले बोल खोज्दा अवरोध भएको भन्दै अहिले बोल्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले अहिलेको लोकतन्त्र उत्कृष्ट रहेको दाबी गर्दै अहिलेको संविधानले उचित प्रतिनिधित्व गरेको उनले बताए । प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च जनप्रतिनिधि संस्था सांसदलाई मर्यादित बनाउन सबै पक्षलाई आग्रह समेत गरे । सांसदलाई प्रभावकारी बनाउने र सुन्दर बनाउने सबैको जिम्मेवारी भएको उनले बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नयाँ प्रणाली भएकोले पुरानो प्रणालीका पक्षधरहरू यस देशमा रहेको र लोकतन्त्र दमनकारी प्रणाली नभएको हुनाले खुलेआम गतिविधि गर्न पाएको बताए ।

नयाँ व्यवस्थाले राम्रोसँग परिपक्व हुन नपाउँदै व्यवस्थाको विकल्प खोज्न थाल्नु उचित नभएको बताए । उनले  अहिले कानुन निर्माणको काम लगभग पुरा हुने क्रममा रहेको बताउँदै बाँकी रहेका सबै कानुनको निर्माण यसै अधिवेशनमा गरिसक्नुपर्ने बताए । कानुनको निर्माण छिटो गतिमा हुनुपर्ने बताउँदै निर्माण मै ढिलो भए त्यसको कार्यान्वयनमा ढिलाइ हुने बताए । संविधान जारी भएपछि संविधानले तोकेका कामहरू सकेपछि अब सरकारको ध्यान सुशासन र विकासमा रहेको बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउनेमा रहेको बताए । प्रधानमन्त्री ओलीले सम्पन्नता हासिल गर्ने कुरा र शान्ति सुरक्षा हासिल गर्ने विषयमा सरकारले ध्यान केन्द्रित गरेको बताए ।

सरकारले सुशासन र विकासका लागि ध्यान केन्द्रित रहेको भनाई छ  ।सरकार अहिले विकासमा केन्द्रित भएको भन्दै नेपालको इतिहासमै पहिलो पटक ७ प्रतिशत आर्थिक वृद्धि भएको बताउँदै विकासलाई अगाडी बढाउन नयाँ नयाँ रणनीति अगाडी बढाएको बताए । सरकारका नीतिहरूलाई कार्यान्वयन गर्न नयाँ परिपाटीको सुरुवात गर्दै प्रधानमन्त्री र मन्त्री तथा मन्त्री र सचिवका बिचमा सम्झौता गरिएको बताए ।

यसले पुँजीगत खर्चमा वृद्धि भई सेवा प्रभावकारी हुने दाबी गरे । अघिल्लो वर्ष अनेक हिसाबले आधार वर्ष बनेको बताउँदै प्रधानमन्त्री ओलीले कानुन निर्माण र विकासको आधार तयार गरेको बताए ।  भ्रष्ट्राचार नियन्त्रण गर्न अख्तियार सक्रिय भएको बताउँदै यस वर्ष आयोगको इतिहासमै धेरै भ्रष्ट पक्राउ गरेको प्रधानमन्त्री ओलीले बताए । सरकारले सार्वजनिक जग्गा-सम्पत्तिको खोजी गरेर यसको संरक्षण गर्ने अभियान नै चलाएको बताउँदै यसमा सरकारले कुनै सम्झौता नगर्ने बताए ।

प्रधानमन्त्री ओलीले यसै साता सत्य मेलमिलाप तथा निरूपण आयोग र बेपत्ता आयोग गठन गरिने बताए । सरकार द्वन्दका घाउहरूलाई अझ लम्बाउन नचाहेको बताउँदै यसै साता आयोग गठन हुने जानकारी दिए ।सङ्घ, प्रदेश र स्थानीय तहका आ(आफ्ना जिम्मेवारीलाई सही ढङ्गले निभाउँदै अगाडी बढेको बताउँदै प्रधानमन्त्रीले नयाँ व्यवस्था भएकाले केही व्यावहारिक कठिनाइ आएको बताए ।

नयाँ प्रणाली पहिलो वर्ष मै अत्यन्त सहज ढङ्गले गाडी बढ्नु राम्रो कुरा भएको बताउँदै आउँदा दिनमा अझ सजिलो हिसाबले अगाडी बढ्ने बताए । बाढी(पहिरोबाट यस वर्ष धेरै ठुलो क्षति भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले राहत उद्धारका काम गर्न लागि रहको बताउँदै पुनर्स्थापनाका काम छिटै सुरु गरिने बताए ।प्रधानमन्त्रीले रोजेर ल्याएको प्रणालीलाई बलियो बनाउन र संसद्को मर्यादालाई कायम राख्न सबैलाई आग्रह गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्