विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो सहित)



एजेन्सी : चीनमा एक बालिकाले विद्युतीय भर्‍याङको ह्यान्डरेल नछोड्दा भर्‍याङमा हात अड्किएको छ। देशको हुबेई प्रान्तको हानचुआन शहरमा लिइएको घटनाको भिडियोमा पाँच वर्षीया बालिका आफ्नी आमासँग विद्युतीय भर्‍याङ चढेर माथिल्लो तल्लामा गएको देखिन्छ। 

सोमवार खिचिएको भिडियोमा बालिकाले देब्रे हातले रबरको ह्यान्डरेलमा कसेर समातेको देखिन्छ। माथ्लो तल्लामा पुग्दा पनि उनले ह्यान्डरेल छोड्दिनन् र त्यो तल्तिर जान थाल्छ। बालिका विद्युतीय भर्‍याङको एक्जिटमा झुक्छिन् अनि उनको देब्रे हात भर्‍याङमा अड्किन्छ। 

बालिका भुइँमा असहाय भएर लड्छिन् भने हात भर्‍याङमा अड्किरहन्छ। उनकी आमाले अड्किएको हात निकाल्न सक्दिनन्। उनले पीडा भुलून् भनेर एकजना मानिसले उनका अगासड फोन तेर्स्याउँछन्। अग्निनियन्त्रक सेवाका सदस्यहरूले बालिकालाई १० मिनेटमा उद्धार गर्छन्।

उनीहरूले ह्यान्डरेल कन्भेयर सिस्टमवरिपरि रहेको प्लास्टिक कभर हटाएर हात निकाल्छन्। बालिकाको हात काटिएको र सुन्निएको थियो। उनलाई स्थानीय अस्पतालमा स्टिच लगाइएको थियो। भाग्यवश उनलाई ठूलो चोटपटक लागेन। उनी निको भइरहेकी छन् तर शपिङ सेन्टरले उनलाई उपचार खर्च दिए नदिएको खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्