एनआरएनए पोर्चुगलको अध्यक्षमा गैरेको  उम्मेदवारी



नवलपुर : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए )पोर्चुगलको अध्यक्षमा पूर्व नवलपरासी गैँडाकोटका तिलक गैरेले उम्मेदवारी दर्ता गराएका छन् । अगष्ट २५ मा हुने निर्वाचनमा सहयोकालागि उनको अपिल छ । लामो समयदेखि  विभिन्न सामाजिक क्षेत्र आबद्ध गैरेले आफूले आर्जन गरेको अनुभको आधारमा अध्यक्षतामा उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

साथै गैरेले सबै क्षेत्र,वर्ग , जातजातिलाई एकताको सूत्रमा वाधेर सबैलाई समान व्यवहारमा अगाडि बढाउने उद्धेश्य राखेको समेत बताएका छन् । गैँडाकोट नगरपालिका वडा नं १० का गैरे एनआएनए पोर्चुगलका निर्वतामान वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

श्रमिकका समस्या समाधान का लागि पहल गर्ने  र विगतका दिनमा काम गर्दा व्यक्तिगत रूपमा नभई संस्थागत रूपमा बसेर काम गर्न सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सन् २०१९ २०२१सम्मको कार्यकाल रहने कार्यसमितिको अध्यक्षमा  ईश्वर रिजालले पनि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्