भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप



भक्तपुर : भक्तपुरको नगरकोटमा प्रहरी र स्थानीवासीबीच झडप भएको छ । नगरकोट क्षेत्रको वन अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर लगाएर भत्काउने क्रममा आइतबार दिउँसो प्रहरी र स्थानीयवासीबीच झडप भएको हो । 

स्थानीयको चर्कोविरोधका बावजुत जबरजस्ती डोजर लगाएको भन्दै प्रतिकारमा उत्रिएका उनीहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छ । 

प्रहरीले बल प्रयोग गरेपछि स्थानीयले टायर बालेर नगरकोट बजार क्षेत्र बन्द गराएका छन् भने नगरकोटमा सयौं जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

घरटहरामा डोजर चलाउने क्रममा स्थानीय र प्रहरीबीच करिब १ घण्टा झडप भएको जिल्ला वन कार्यालय भक्तपुरले जनाकाएको छ । 

जिल्ला वन कार्यालयका प्रमुख प्रेमप्रसाद खनालका अनुसार स्थानीयले टहरा भत्काउन पुगेका टोलीमाथि ढुंगामुढाका साथै बियरका शिशी प्रहार गरेको बताए । ‘पटक–पटक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना दिँदा पनि स्थानीयले अटेर गरेपछि डोजल चलाएका हौं’ उनले भने । 

 

प्रतिक्रिया दिनुहोस्