बर्षा र गर्मीका कारण जिल्ला अस्पतालमा बिरामी बालबालिकाको संख्या बढ्दो



लमजुङ । जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका विरामी बढेका छन् । वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने विरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने विरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालवालिकाहरु उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालवालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तंथ्याक छ । उनिहरुमा वढि मात्रामा झापखला, ज्वरो, रुघाखोकी, रगतमासिको समस्या देखिएको छ ।

वर्षा हुदाँ केहि चिसो वर्षा नहुँदा अत्यधिक गर्मिका कारण र खानपानमा ध्यान नदिदा बालवालिकामा वढी मात्रा मौसमि स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाई छ ।

यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाईमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरीर पिउन चिकित्सकको सुझाव छ ।

लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्