रबि लामिछानेसहित तीन जनाविरुद्ध पुडासैनी पत्नीद्वारा किटानी जाहेरी



काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा तीन जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत किटानी जाहेरी परेको छ ।

साउन २० गते नारायणगढको एक होटलमा मृत अवस्थामा फेला परेका थिए । १३ दिनको काजक्रिया सकेपछि आइतबार पुडासैनीकी पत्नीले प्रहरीका किटानी जाहेरी दिएकी हुन् ।

पुडासैनी आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दिइएको हो ।

पुडासैनीकी श्रीमती सम्झना घिमिरेले प्रहरीमा उपस्थित भई जाहेरी दिएकी हुन् । जाहेरीमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफ्ना पतिलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही माग गरिएको छ । यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्