यी हुन् सबैभन्दा धेरै सुन भएका १० देशहरु



एजेन्सी : सुन विश्वका महंगा धातुहरु मध्येको एक हो। यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ। विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ।

यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन् :-

१. अमेरिका :- यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ। अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ।

२. जर्मनी :- सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ। वल्र्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको छ। जर्मनी ३ सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो।

३. इटाली :- सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा रहेको इटालीसँग २४ सय ५२ टन सुन रहेको छ।

४. फ्रान्स :- ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ। फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ।

५. चीन :- छिमेकी मुलक चीन विश्वमा सबैभन्दा धेरै सुन रहेको मुलुकको पाँचौ स्थानमा रहेको छ। विश्व सुन परिषदका अनुसार चीनसँग १७६२ टन सुन रहेको छ।

६. रुस :- क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ। रुससँग १३ सय ९३ टन सुन रहेको छ।

७. स्विजरल्याण्ड :- युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ। स्विजरल्याण्डसँग १०४० टन सुन रहेको छ।

८. जापान :- आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ। जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन थियो।

९. नेदरल्याण्ड :- ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्ड हो। जहाँ ६१२ टन सुन रहेको छ।

१०. भारत :- ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ। भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ। रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ।

प्रतिक्रिया दिनुहोस्