विप्लवद्वारा सल्यानमा ६ रोपनी जग्गा कब्जा 



दाङ : प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले सल्यानमा रहेको मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको छ । 

छत्रेश्वरी गाउँपालिका ६ मा रहेको खैराबाङ मन्दिरको गुठीको जग्गा कब्जा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन जनपरिषदले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार स्थानीय दुर्गाबहादुर बुढाको मकै बारी र खेतमा विप्लव समूहले झण्डा गाडेर गुठीको जग्गा कब्जा गरेको हो । तर, विप्लवले गाडेको झण्डा आइतबार झिकिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्