बेलायती नागरिक स्मिथसम्म पुगको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको खुलासा



काठमाडौं : बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ । 

तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूतिगृहमा शिशुलाई जन्म दिएकी थिइन् । 

सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन् । प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ । त्यसअघि स्मिथलाई आठ हजार पाउन्डमा शिशु बिक्री गर्ने नेपाल बाल कल्याण समितिका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्