प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास, उपचारका लागि फेरि सिंगापुर जाने



काठमाडौं : प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । लगत्तै फर्कने भनेर सिंगापुरबाट आएका ओली बिहीबार त्यता उड्दै छन् । १८ साउनमा सिंगापुरस्थित सरकारी अस्पताल नेसनल युनिभर्सिटी९एनयु०मा एक साता लामो स्वास्थ्य परीक्षण गराई प्रधानमन्त्री ओली २७ साउनमा स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्रीले सेवन गर्दै आएको पुरानो औषधि प्रभावविहीन हुन थालेको छ । १३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले अहिले काम कम गर्न थालेको र क्रेटानाइनको मात्रा बढ्न थालेको चिकित्सकहरूको भनाइ छ । कम्तीमा औषधि परिवर्तन गर्नुपर्ने र बढीमा नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्ने जानकारी सिंगापुरका डाक्टरहरूले प्रधानमन्त्री ओलीलाई दिएका छन् । यी दुवै कामका लागि पर्याप्त समय चाहिने हुनाले आफूलाई केही समय दिन प्रधानमन्त्रीले सिंगापुरका डाक्टरहरूलाई अनुरोध गरेका थिए । करिब साताभित्रै फर्कने समझदारीसहित उनी नेपाल आएका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 

‘नयाँ औषधि प्रयोग गरी हेरौँ, साइड इफेक्ट हुन्छ कि हुन्न, प्रभाव कस्तो देखिन्छ, परीक्षण गरौँ भन्ने डाक्टरको सल्लाह थियो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने । तर, प्रधानमन्त्री स्वदेश फर्किएर यसबीचमा महत्वपूर्ण राजनीतिक निर्णयहरू गरेका छन् । अब बिहीबार सिंगापुर गएपछि उनको विस्तृत उपचार हुनेछ । 

प्रतिक्रिया दिनुहोस्