अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा



नवलपरासी : अरुणखोलाको पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

आइतबार साँझ आएको बाढीले नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बगाउँदा पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो । 

डाइभर्सनको मर्मत गरेर झण्डै ३० घण्टापछि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

अहिले डाइभर्सनमा पालै पालो पूर्वतर्फबाट छुटेका सवारीलाई एक घण्टा र पश्चिमतर्फबाट छुटेका सवारीलाई एक घण्टाका दरले वारपार गराउने काम भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस्