हेटौंडाकी मेयर लामाको कति छ सम्पत्ति ?



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले आफ्नो सम्पती विवरण सार्वजनिक गरेकी छन् । बैशाख ३० मा सम्पन्न दोस्रो स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबाट ५ वर्षे कार्याकालको लागि उपमहानगरको मेयरको जिम्मेवारी पछि लामाले सम्पती विरणर सार्वजनिक गरेकी हुन् ।

मेयर लामाले सार्वजनिक गरेको सम्पती विवरणमा १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ । सम्पती विवरणमा अन्य कुनैपनि कारोवारमा आफुँ संलग्न नभएको मेयर लामाले जनाएकी छन् ।

उनले सार्वजनिक गरेको विवरणमा ससुरा कान्छा लामाको नामा हेटौंडा–१ चाइनाक्वाटरमा ११ धुर, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख छ ।

यस्तै,त्यस्तै श्रीमान सुनबहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको छ भने ४० लाख बराबरको टेङकर र छोरा सुमित लामाको नाममा एक वटा २ लाख ५० हजार बराबरको मोटरसाइकल रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्